नियम ७५
अनुमति विना विमानस्थल क्षेत्रमा प्रवेश गर्न नहुने
देहाय बमोजिमका व्यक्ति बाहेक अन्य कुनै पनि व्यक्ति महानिर्देशक वा अधिकार प्राप्त व्यक्तिको आदेश विना विमानस्थल क्षेत्रमा प्रवेश गर्न हुँदैन ः–
(क) हवाई यात्रुहरू,
(ख) हवाई उडान र विमानस्थलको कार्यसँग सम्बन्धित व्यक्तिहरू,
(ग) मालसामान तथा चिठ्ठीपत्र ओसार पसार गरी वायुयानसम्म पु¥याउने वा वायुयानबाट ल्याउने कार्यसँग सम्बन्धित व्यक्तिहरू ।
(क) हवाई यात्रुहरू,
(ख) हवाई उडान र विमानस्थलको कार्यसँग सम्बन्धित व्यक्तिहरू,
(ग) मालसामान तथा चिठ्ठीपत्र ओसार पसार गरी वायुयानसम्म पु¥याउने वा वायुयानबाट ल्याउने कार्यसँग सम्बन्धित व्यक्तिहरू ।